यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय

१४ बैशाख २०८३, सोमबार १५:२५

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण ४ निर्णय गरेको छ । बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने पहिलो निर्णय गरेको हो ।

यस्तै, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*