कालगां हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

१४ बैशाख २०८३, सोमबार १७:१७

काठमाडौं। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको कालगां हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।

आयोजना अति प्रभावितका लागि ९ लाख १० हजार कित्ता शेयर र आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ४ लाख ९० हजार कित्ता शेयर बाँडफाँड आज सम्पन्न गरेको हो।

आइपीओ बाँडफाँड कम्पनीको बिक्रि प्रबन्धक नक्सालस्थित सानिमा क्यापिटलमा गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*