नेप्सेको अध्यक्ष हेमन्त बस्यालले दिए राजिनामा
१५ बैशाख २०८३, मंगलवार ०८:५३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्ष हेमन्त बस्यालले राजिनामा दिएका छन् ।
व्यक्तिगत कारण देखाँउदै अध्यक्ष बस्यालले राजिनामा दिएको स्रोतले बताएको छ । २०८२ भदौ २० गते नेप्सेको अध्यक्ष बनेका बस्यालको चार बर्षे कार्यकाल रहेको थियो ।
कर्मचारी युनियनले चर्को विरोध गर्दा पनि राजिनामा नदिएका बस्यालले तत्कालै व्यक्तिगत कारण देखाई दिएको राजिनामा दिएको बिषय चासोको रुपमा हेरिएको छ ।











