फेरी घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
११ बैशाख २०८३, शुक्रबार १०:५०

काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।











