यी तीन माध्यमबाट हेर्नुहोस् एपोलो हाइड्रोपावरको आईपीओ नतिजा

११ बैशाख २०८३, शुक्रबार ०९:४९

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बाँडफाँड गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ जारी गरेको थियो। जसमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो।

बाँडफाँडमा ७८ हजार २० जनाले १०–१० कित्ताका दरले शेयर पाएका छन् भने २६ लाखभन्दा बढीको हात रित्तो भएको छ। आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धकले जनाएको छ।

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट:https://himalayancapital.com/ipofpo-allotment  

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*