शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने

११ बैशाख २०८३, शुक्रबार १०:२४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली सुदृढीकरणअन्तर्गत प्राविधिक कार्य अघि बढाउँदै गर्दा काठमाडौंका विभिन्न स्थानमा निश्चित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबलसम्बन्धी कार्य सम्पन्न भइसकेपछि बसबार एरेन्जमेन्ट, ११ केभी चार्जिङ, केबल राइजिङ तथा ड्रेसिङ, ओभरहेड ट्यापिङ र एलटी चार्जिङजस्ता कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा केही समयका लागि बन्द गर्न लागिएको हो ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत सिंहदरबार र अनामनगर क्षेत्रमा वैशाख १२ र १३ गते बिहान ९:३० बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ ।

यस्तै, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पानीपोखरी, टिचिङ अस्पताल, बालुवाटार र लाजिम्पाट क्षेत्रमा वैशाख १३ र १६ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द गरिनेछ ।

प्राधिकरणका अनुसार साङ्ग्रिला, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, पवित्र वर्कसप, श्रेष्ठ एक्वारियम तथा एभरेष्ट बैंक आसपासका क्षेत्रमा समेत विद्युत् सेवा प्रभावित हुने छ । निर्धारित समयअगावै कार्य सम्पन्न भएमा सेवा छिट्टै सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*