एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई बाँडफाँड
११ बैशाख २०८३, शुक्रबार ०९:४०

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज बाँडफाँड गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ जारी गरेको थियो। जसमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो।
बिक्री खुला अवधिभर २७ लाख ७१ हजार १८ जनाको आवेदन परेकोमा २७ लाख २७ हजार ११७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। बाँडफाँडमा ७८ हजार २० जनाले १०–१० कित्ताका दरले शेयर पाएका छन् भने २६ लाखभन्दा बढीको हात रित्तो भएको छ।











