नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्बः घट्यो खराब कर्जा, ईपीएससहित अधिकांश सूचकमा चमक

१५ बैशाख २०८३, मंगलवार ०९:५०

काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक सन्तोषजनक रहेको देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा २१.४९ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब २० करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको चालु आर्थिक वर्षको सोहि अवधिमा यस्तो आम्दानी बढेर ३ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफामा समेत १६.३३ प्रतिशतले बढेर २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा १ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २ करोड ६२ लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको हो । बैंकको जगेडा कोष सञ्चिति ८ अर्ब ४६ करोडबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा भने ४.०६ प्रतिशतबाट घटेर २.५३ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी समेत १४.१५ रुपैयाँबाट बढेर १७.१९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८९.५७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*