आठ विकास बैंकद्वारा १६ अर्ब खुद ब्याज आम्दानीः मुक्तिनाथ र गरिमा अग्रस्थानमा, सांग्रिलाको उच्च वृद्धि

१५ बैशाख २०८३, मंगलवार १०:३४

काठमाडौं । राष्ट्रियस्तरको आठै वटा विकास बैंकहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विवरणअनुसार यी बैंकहरूले गत आवको चैत मसान्तसम्म १५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा ६.२४ प्रतिशतको वृद्धि सहित १६ अर्ब ४२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएका छन्।

आठ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खुद ब्याज आम्दानी सबैभन्दा उच्च रहको छ। यस बैंकले ९ महीनाको अवधिमै ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिएको छ। गत आवमा यस बैंकले ३ अर्ब २८ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैंकले पनि चैत मसान्तसम्म २ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको तथ्यांकले देखाएको छ। यस बैंकले गत चैत मसान्तसम्म भने २ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यसैगरी तेस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २ अर्ब ६ करोड रुपैयाँ, चौथोमा कामना सेवा विकास बैंकले १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ र पाँचौमा महालक्ष्मी विकास बैंकले १ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। त्यसपछि क्रमैसँग सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ, ज्योति विकास बैंकले १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले १ अर्ब ४५ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको सम्बन्धित बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

यता वृद्धिदरतर्फ हेर्ने हो भने सांग्रिला विकास बैंकको सर्वाधिक १३.१८ प्रतिशत, कामना सेवाको ९.२६ प्रतिशत, लुम्बिनीको ७.०१ प्रतिशत, शाइन रेसुङ्गाको ६.६७ प्रतिशत, महालक्ष्मीको ६.२५ प्रतिशत, गरिमा र मुक्तिनाथको समान ४.८७ प्रतिशत र ज्योतिको ०.७८ प्रतिशतले खुद ब्याज आम्दानीमा वृद्धि आएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*