काठमाडौंमा नक्कली पैसासँग सक्कली पैसा साट्ने गिरोहका ६ जना पक्राउ

१५ बैशाख २०८३, मंगलवार १२:२७

काठमाडौं । नक्कली पैसालाई सक्कली पैसा भनी ठगी गरेको अभियोगमा आइतबार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका–५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका–१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका–५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन्।

काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरूले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्राभन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका–६ पाण्डेछापबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*