भक्तपुरमा सस्तोमा डलर साटिदिने भन्दै ३ लाख ठगी, एकजना पक्राउ
१५ बैशाख २०८३, मंगलवार १३:४५

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३८ वर्षीय सञ्जय बहादुर तामाङ पक्राउ परेका छन्।
भक्तपुर चाँगुनारायण नगरपालिका–४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर सट्टा गरिदिने भनी प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपलिका–४ महाराजगंजबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।











