नेपाल पुनर्बीमा कम्पनीलाई बीमा संस्थानझै धारासायी बनाइदै, सिईओ थापाले गर्न सकेनन् बार्षिक साधारणसभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई राष्ट्रिय बीमा संस्थान जस्तै धारासायी बनाउन सरकार, सञ्चालक समिति र व्यवस्थापक तीन वटै निकाय उद्यत रहेको विकसित घटनाहरुले देखाएका छन् । सबैभन्दा भ्रष्ट सिईओ सुरेन्द्र थापाले पछिल्लो दुई आर्थिक बर्षको बार्षिक सााधारण सभा गर्न सकेका छैनन् ।
सरकारी बीमा कम्पनीहरुमा एउटा पुरानो रोग छ । बार्षिक साधारणसभा नगर्ने, अडिट पनि नगर्ने अनि राजनीतिक नेतृत्वमा आएकाहरुले ब्रम्हलूट मच्चाएर कम्पनी डुबाउने । राष्ट्रिय संस्थानबाट फैलिएको सो रोगका कारण राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी गम्भिर आर्थिक बिचलन र भ्रष्टाचारबाट गुज्रिरहेको छ ।
यतिबेला नेपाल पुनर्बीमा कम्पनीको हालत संस्थानकै जस्तै बन्दै गइरहेको छ । पुनर्बीमाका सिईओ सुरेन्द्र थापाले नियुक्ती लिएको दुई बर्ष पुग्नै लाग्दा समेत दुई आर्थिक बर्षको बार्षिक साधारणसभा समेत गर्न सकेका छैनन् । थापा सिईओ भएर आएपछि कम्पनीभित्र चरम बेथिती मौलाइरहेको छ, जसको पछिल्लो परिणाम आव २०८०।८१ कै बार्षिक साधारणसभा हुन सकेको छैन ।
नेपालको प्रचलित कानुन बमोजिम कर चुक्ता नलिई कुनै पनि सरकारी सुविधा वा कारोबार गर्न पाइदैन । तर, नेपाल पुनर्बीमा कम्पनीले कर चुक्ता समेत नलिई, लेखापरिक्षण समेत नगरी चुपचाप बसिरहेको छ । कम्पनीमा तलव खाने र गर्नुपर्ने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने लेखा प्रमुख र सिईओ थापाको मिलेमतोमा नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने खेल भइरहेको छ ।
नेपाल सरकारको प्रत्यक्ष रुपमा ४४ प्रतिशत र अप्रत्यक्ष रुपमा ५६ प्रतिशत लगानी भएको नेपाल पुनर्बीमा कम्पनीमा सर्वसाधारण जनताको समेत अर्बौ रुपैयाँको शेयर लगानी रहेको छ । तत्कालिन माओवादीका नेता बर्षमान पुनको पालामा झुक्याएर ‘माओवादी हुँ’ भनि नियुक्त भएका थापाले सुशासन र विधि प्रक्रिया अनुसार काम गर्न असफल बन्दा समेत चुपचाप सिईओ पदमा जागिर खाइरहेका छन् ।
गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकबाट राजिनामा गरेर भनेर छोडेर भागेका सिईओ थापाले पछि जिल्ला प्रहरी परिसर काठमाडौंमा ज्यानमार्ने धम्की दिएको भन्दै उजुरी हालेर सिईओको पदमा पुनर्बहाली भएका थिए ।
लेखापरिक्षण प्रतिवेदन पारित गर्नुअघि नियामक नेपाल बीमा प्राधिकरणले कैयौं बिषयहरु सुधार गर्न बारम्बार आग्रह गर्दा समेत बर्षमान पुनको धाक लगाउँदै थर्काउने थापाकै कारण नेपाल पुनर्बीमा कम्पनी दिनानुदिन कमजोर बन्दै गइरहेको छ ।
कम्पनीले समयमा बार्षिक साधारणसभा समयमै गर्न नसकेको सम्बन्धमा जिज्ञाशा राख्दा कम्पनीका प्रबक्ता तथा सूचना अधिकारी दामोदर भण्डारीले मोबाइल स्वीच अफ गरेर बसेकाले सम्भव हुन सकेन ।











