बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्यमा देखियो सुधार

१५ बैशाख २०८३, मंगलवार १५:१७

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २७७०.२६ बिन्दुमा कायम भएको हो ।

पछिल्लो दिनहरुमा कारोबार रकम भने सुस्त रहेको देखिन्छ । आज ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।

बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य बढेको छ । आज हिमालयन बैंकको बन्ड २०८६, शाइन रेसुङ्गा डिबेन्चर, सानिमा डिबेन्चर, आरबिबि म्युचुल फण्ड १ र आइसिएफसि डिबेन्चर २०८८को शेयर मूल्य बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*