केपी ओली शैलीमा संसद छल्दै प्रधानमन्त्री बालेन, संसद बन्द गरेर अध्यादेश ल्याउने निर्णय

१५ बैशाख २०८३, मंगलवार १८:४३

काठमाडौं । नयाँ पुस्तालाई ठूलो आशा बाँडेर निर्वाचन जितेर प्रधानमन्त्री बनेका बालेन शाह पनि पूर्व प्रधानमन्त्री केपी ओलीकै शैलीमा संसदलाई छलेर अध्यादेशमार्फत शासन गर्न उद्यत देखिएका छन् । आज सरकारले दुई वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै यस्तो खुलासा भएको हो ।

गलत सल्लाहकार र शंकास्पद मनसायले सरकारले यसअघि यही बैशाख १७ गतेबाट आह्वान गरेको संसद संसदको बैठकलाई हठात स्थगित गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री बालेन शाहले आज दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । शितल निवासले दुई वटा अध्यादेश सिफारिस भई आएको पुष्टी गरेको छ ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए । यसअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद बैठक स्थगित गरेर अध्यादेश मार्फत कानुन संशोधन गरेर कैयौं गलत कार्यहरु गरेका थिए ।

सो सम्बन्धमा परेको रिटमाथि सर्वोच्च अदालतबाट अध्यादेशबाट शासन गर्न नपाइने भन्दै सरकारलाई भनिसकेको अवस्थामा बालेन शाह केपी ओलीकै शैलीमा शासन गर्न उद्यत भएर अघि बढेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*