यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

१६ बैशाख २०८३, बुधबार ०७:१९

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेकाले बिक्री खुला अवधि थप गरेको छ। कम्पनीले यसअघि खुला गरेको हकप्रद शेयरमा मागअनुसार आवेदन नपरेपछि निर्धारित समयसीमा लम्ब्याएको हो।

कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ता (१००ः१०) को अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित दरमा कुल २३ लाख १० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गरेको थियो। उक्त शेयरको बिक्री चैत २६ गतेदेखि बैशाख १६ गतेसम्म खुला गरिएकोमा अब म्याद थप गरी बैशाख ३१ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट दरखास्त फाराम प्राप्त तथा बुझाउन सक्नेछन्। साथै लक्ष्मी सनराइज बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरू—नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा र हेटौंडा—मार्फत पनि आवेदन दिन सकिनेछ।

यसैगरी सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*