हिमालयन लघुवित्तको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफामा ४९ प्रतिशत उछाल

१६ बैशाख २०८३, बुधबार ०९:०३

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उल्लेख्य वृद्धि भएको हो।

यस कम्पनीले गत आवको चैत मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्ममा ५१.५३ प्रतिशतको भारी वृद्धि सहित ८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४ करोड ४७ लाख रुपैयाँबाट ३०.२३ प्रतिशतले बढेर ३१ करोड ८६ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी २८ करोड ९६ लाख रुपैयाँबाट २२.२५ प्रतिशतल बढेर ३५ करोड ४१ लाख रुपैयाँ नाघेको छ।

आम्दानीमा वृद्धि भएसँगै कम्पनीको सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँबाट १४९.२४ प्रतिशतको उछाल सहित ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ३ करोड ८६ लाख रुपैयाँबाट ४८.८८ प्रतिशतको भारी वृद्धि सहित ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २२.३० रुपैयाँबाट बढेर ३१.६८ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ५.३४ प्रतिशतबाट बढेर १०.०४ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.७६ रुपैयाँ रहेको छ भने बेस रेट ११.९९ प्रतिशत रहेको छ।

चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म कम्पनीले ५ अर्ब १ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी १ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ५ अर्ब ७५ करोड रुपैयाँ नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*