काठमाडौंमा श्रृंखलाबद्ध चोरी गर्ने व्यक्ति पक्राउ

१६ बैशाख २०८३, बुधबार १३:२९

काठमाडौं । काठमाडौंमा श्रृंखलाबद्ध रूपमा चोरी गरेको अभियोगमा तनहुँ घर भई टेकु बस्ने ३९ वर्षीय सन्तोष रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३१ सचेतना मार्ग, काठमाडौं महानगरपालिका–५ कालोपुल र टोखा नगरपालिका–३ जागरण टोलस्थित घरहरूबाट विभिन्न मितिमा सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल समेत चोरी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीको टोलीले टेकुबाटै पक्राउ गरेको हो। उनको साथबाट ८७८ ग्राम तौलको सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहना, ३१७ ग्राम तौलको चाँदी जस्तो देखिने विभिन्न गरगहना र विभिन्न दरका विदेशी मुद्राहरू लगायतका सरसामानहरू समेत बरामद गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*