एभरेष्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । काठमाडौं उपत्यकाभित्रको कार्यालयका लागि गोल्ड टेस्टर (सुन परीक्षणकर्ता) पदमा करार सेवामा कर्मचारी माग मागेको हो।
आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सुन तथा गहना मूल्याङ्कन वा परीक्षणसम्बन्धी व्यावसायिक तालिम प्रमाणपत्र प्राप्त गरेको भए थप योग्यता मानिनेछ ।
कार्य अनुभवका रूपमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ वा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्ष सुन परीक्षणकर्ताका रूपमा काम गरेको अनुभव अनिवार्य गरिएको छ । उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्ममा ३० वर्षभन्दा बढी हुनुपर्नेछ ।
छनोट भएका उम्मेदवारलाई काठमाडौं उपत्यकास्थित कार्यालयमा करार सेवामा नियुक्त गरिनेछ ।
इच्छुक उम्मेदवारले तोकिएको बैशाख ३१ गतेभित्र अनलाइनमार्फत वा आवश्यक कागजातसहित मानव संसाधन विभाग, प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।












