बजार राताम्य हुँदा समेत यी कम्पनीको शेयर मूल्यमा चमक
१६ बैशाख २०८३, बुधबार १५:१९

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अकंले घटेर २७४४.४५ बिन्दुमा कायम भएको हो ।
कारोबार रकम भने खुम्चिएको छ । आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक १३.८१ प्रतिशतले बढेको छ । साथै, नेपाल लाइफ समृद्धि लगानी योजनाको ३.८७ प्रतिशत, आइसिएफसि डिबेन्चर २०८३ को ३ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड २ को २.९५ प्रतिशत र लक्ष्मी लघुवित्तको २.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।












