प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, जापानबाट आएको जहाज ओभरसुट

१६ बैशाख २०८३, बुधबार १७:५३

काठमाडौं । प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ । टोकियोबाट आएको जहाज ओभरसुट भएको छ ।

काठमाडौंसहित देशका विभिन्न भागमा देखिएको प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित भएको छ । सिमरा, पोखरा, विराटनगर र भैरहवा जाने–आउने उडानहरूमा ढिलाइ भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रबाट काठमाडौं आएका केही जहाजहरू पनि आकाशमा होल्डमा रहेका छन् । खराब मौसमका कारण अवतरण र उडान दुवै प्रक्रियामा समस्या देखिएपछि उडान सञ्चालन प्रभावित बनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*