यी तिन तरिकाबाट हेर्नुहोस् सोपन फर्मास्युटिकल्सको आईपीओको नतिजा

काठमाडौँ । सोपन फर्मास्युटिकल्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहीबार आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो। बाँडफाँट विवरणअनुसार कुल २७ लाख ६८ हजार ७४३ आवेदनमध्ये २७ लाख ३० हजार ९८७ आवेदन मात्र योग्य ठहरिएका छन्।
कुल ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
यसरी हेर्नुहोस् आईपीओको नतिजाः
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://nmbcl.com.np/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login











