दुई दिनको बिदा लिएर सिईओ थापा पाल्पा भ्रमणमा

१७ बैशाख २०८३, बिहीबार १०:३०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीभित्र व्यापक घोटाला गर्ने कार्यमा संलग्न सिईओ सुरेन्द्र थापा दुई दिनको बिदा लिएर पाल्पातर्फ गएको सूचना प्राप्त भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा अर्बौ रुपैयाँ दायित्व हुने घोटाला गर्ने कार्यमा संलग्न थापा दुई दिनको बिदा लिएर पाल्पातर्फ पुगेका हुन् ।

स्रोतका अनुसार सिईओ थापाले बुधबार र आज बिहिवारको विदा स्वीकृत गराएर हिजै बाहिर निस्किएको बुझिएको छ । अब बैशाख २१ गते मात्रै कार्यालय खुल्ने भएकोले उनी सुरक्षित हुन बाहिर गएको आशंका गरिएको छ ।

सिईओ थापासँग सम्पर्क गर्दा कूलपुजाको लागि पाल्पा गएको जानकारी दिएका छन् ।

*सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*