राताम्यमा पनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

१७ बैशाख २०८३, बिहीबार १५:१७

काठमाडौँ । बजार आज पनि राताम्य भएको छ । पछिल्लो केहि दिन यता शेयर बजार निरन्तर ओरालो यात्रामा लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७३ अकंले घटेर २७३८.७२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।

आज श्रीनगर अग्रोटेकको शेयर मूल्य सर्वाधिक १२.५७ प्रतिशतले बढेको हो । साथै, शिखर पावरको ७.९१ प्रतिशत, एशियन हाइड्रोपावरको ७.८८ प्रतिशत, रिभर फल्सको ४.९५ प्रतिशत र एसवाई प्यानलको ३.८१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*