याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा १६ लाख ६५ हजारले दिए आवेदन

१७ बैशाख २०८३, बिहीबार १७:४४

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा १६ लाख ६५ हजार ६०८ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार कम्पनीको आईपीओमा एक अर्ब ८६ करोड २३ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख २३ हजार ९० कित्ताका लागि आवेदन परेको हो । यो मागभन्दा ८.८९ गुणा बढी आवेदन हो ।

कम्पनीले १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले ७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*