देशभरका सार्वजनिक जग्गा अतिक्रमण हटाउन गृह मन्त्रालयको जिल्ला प्रशासनलाई निर्देशन

१७ बैशाख २०८३, बिहीबार १८:२८

काठमाडौँ । सरकारले देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यलाई थप तीव्रता दिने भएको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गाको पहिचान गरी तत्काल लगत संकलन गर्न निर्देशन दिएको छ। साथै, त्यस्ता जग्गामा बनेका संरचना हटाउने कार्यका लागि आवश्यक विस्तृत कार्ययोजना तयार गरी मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ।

मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमित जग्गाको अवस्था पहिचान गर्न र खाली गराउने प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरेको छ। तयार गरिने कार्ययोजना मन्त्रालयबाट स्वीकृत भएपछि आवश्यक सुरक्षा प्रबन्ध तथा प्रशासनिक सहजीकरण गृह मन्त्रालयले उपलब्ध गराउने उल्लेख गरिएको छ।

शाखा अधिकृत कृष्ण देवकोटाद्वारा जारी पत्रमा यसअघि २०८२ चैत २० गते पनि सार्वजनिक जग्गा संरक्षणसम्बन्धी परिपत्र जारी भइसकेको स्मरण गराउँदै सोही कार्यलाई थप प्रभावकारी बनाउन नयाँ निर्देशन जारी गरिएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*