नबिल बैंकको केन्द्रीय कार्यालयबाट नर्सिङ रूमको शुरुवात

१८ बैशाख २०८३, शुक्रबार ०८:३२

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रूमको शुरुवात गरेको छ। बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटेर उद्घाटन गरिएको हो।

उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कर्मचारीको हितलाई उच्च महत्व दिंदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रूमको स्थापना गरेको हो। नर्सिङ रूमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ।

‘यस कक्षको थालनी मार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पूरा गरेका हौं। यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महसूस गराउने छ।’ संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताइन्।

उद्धाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रूम बैंकको तर्फबाट एउटा राम्रो शुरुवात भएको बताए। ‘लैङ्गिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यता भित्र पर्दछन् र आज शुरु भएको यो कक्षले हाम्रा ती मुल्यमान्यताहरूलाई प्रतिबिम्बित गर्छ।’ अध्यक्ष चौधरीले भने। ‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरूलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रीय कार्यालयमा मात्र भएपनि आउने दिनमा अरू शाखाहरूमा पनि विस्तार गर्दै लगिने छ।’ उनले थपे।

यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*