बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
१८ बैशाख २०८३, शुक्रबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।











