डोजर अभियानकै बीच बागमती किनारमा सुकुमबासीको शव फेला
१८ बैशाख २०८३, शुक्रबार १६:४६

काठमाडौँ । सुकुमबासी बस्ती हटाउने सरकारी अभियान जारी रहेकै समयमा बागमती नदी किनारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार मृतक खोटाङ घर भएका अन्दाजी ५५ देखि ६० वर्ष उमेर समूहका इन्द्रबहादुर राई हुन् । शुक्रबार काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत फोहोर सङ्कलन केन्द्र नजिक नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
राईको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएको जनाइएको छ । सोही क्षेत्रमा सरकारले डोजर प्रयोग गरी बस्ती हटाउने अभियान अघि बढाएको छ ।
यसअघि नै उक्त बस्ती खाली गर्न प्रशासनले बुधबार साँझ सूचना जारी गरेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











