बालेन आतंकपछि सुकुम्बासीद्वारा आत्महत्या ! हालसम्म दुई जनाले त्यागे प्राण

१८ बैशाख २०८३, शुक्रबार १८:०१

काठमाडौं । कांग्रेस, एमाले र माओवादीले मच्चाएको लूटतन्त्र अन्त्यको लागि घण्टीमा मतदान गरेर नयाँ राजनीतिक शक्ति चुनेका आम सर्वसाधारणले घातक परिणाम भोग्न विवस भएका छन् । प्रधानमन्त्री बालेन साहको फाँसीवादी आदेशपछि प्रहरी सुरक्षाकर्मीहरुले मच्चाएको बर्बर आतंकका कारण एक जनाले आज बागमति नदिमा हामफालेर आत्महत्या गर्न बाध्य भएका छन् ।

खोटाङ जिल्लाको सरल गाउँपालिका घर भई हाल बल्खुस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईले प्रहरी सुरक्षाकर्मीले बलपूर्वक घर भत्काएको हेर्न नसकेपछि घर छोडेर हिडेका थिए । त्यसको केहीबेरपछि उनको शव बागमति नदिमा बगिरहेको अवस्थामा उद्धार गरिएको घटनास्थलमा प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी हाल शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

आजको घटना समेत यो दोस्रो आत्महत्या हो । यसअघि २१ बर्षिय रविन तामाङ नाम युवाल पनि आत्महत्या गरिसकेको सुकुम्बासीहरुले जनाएका छन् ।
अहिले प्रधानमन्त्री बालेन सरकारले फाँसीबादी र क्रुर सत्ताको अभ्यास गरिरहेका छन् । नागरिकहरुले धमाधम आत्महत्या गर्दा समेत प्रधानमन्त्री रोकिएका छैनन्, बरु उल्टै जनमतको आडमा जनतामाथि निरंकुशता लाद्न उद्यत भइरहेका छन् ।

नागरिकले धमाधम आत्महत्या गर्न थालेपछि प्रधानमन्त्री बालेन शाहले तत्काल राजिनामा नदिए सत्ता मात्रै नभई वर्तमान संघीय लोकतान्त्रि गणतन्त्रात्मक शासन व्यवस्था नै धरापमा पर्ने देखिएको छ । यसअघि नयाँ बानेश्वरमा प्रेम प्रसाद आचार्यले तत्कालिन प्रधानमन्त्री प्रचण्डकै अगाडी आफ्नो शरिरमा आगो लगाएर आत्मदाह गरेका थिए ।

जेनजी आन्दोलनमा निर्दोष किशोरहरुको हत्या गरेको आरोपमा तत्कालिन जननिर्वाचित केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गरी नागरिक समाजको नेतृत्वमा गत फागुन २१ गते आम निर्वाचन भएको थियो । सो निर्वाचनमा आम जनताले पुराना दलहरुप्रतिको फ्रस्टेशनको भोट रास्वपाको घण्टीमा मत घोप्ट्याएका थिए । तर, दुर्भाग्य आज तावाबाट उम्केको माछो भुङ्ग्रोमा भने झै जेनीको हत्यारालाई विस्थापन गरेर बनेको सरकारले जनतालाई आत्महत्या गर्न बाध्य पारिरहेको छ ।

बर्षायाममा सुकुम्बासी बस्तीमा चलाएको डोजरका कारण हुकुमबासी र सुकुमबासी दुवैको छानो उडाइएको छ । बर्षौदेखि बस्दै आएको सुकुम्बासीहरुको बस्तीमा डोजर लगाएको देख्न नसकेर आत्महत्या गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व, राजकीय क्षमता, विवेक तथा मानवीय संवेदनामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*