मालपोत धाउनुपर्ने झन्झट अन्त्य, जग्गा रोक्का–फुकुवा अब पूर्ण अनलाइनबाट मात्रै

१८ बैशाख २०८३, शुक्रबार १८:३७

काठमाडौँ । अब धितोबन्धकी राखिएको जग्गाको रोक्का तथा फुकुवाका लागि सेवाग्राहीले मालपोत कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थामार्फत हुने यस्ता सबै कार्य अनिवार्य रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने व्यवस्था लागू गर्न लागेको हो ।

विभागले जारी गरेको सूचनाअनुसार आगामी वैशाख २१ गतेदेखि धितोबन्धकी रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया केवल अनलाइन माध्यमबाट मात्र गरिनेछ । यससँगै परम्परागत रूपमा मालपोत कार्यालय पुगेर सेवा लिनुपर्ने व्यवस्था हट्दै डिजिटल प्रणालीमार्फत काम सम्पन्न हुने भएको छ ।

सरकारले शासकीय सुधारको कार्यसूचीअन्तर्गत नतिजामुखी प्रशासनिक प्रणाली लागू गर्ने, सेवाग्राहीलाई छिटो, सहज र बिचौलियामुक्त सेवा उपलब्ध गराउने तथा सेवा प्रवाहलाई मुहारबिहीन, समयबद्ध र पूर्णतः डिजिटल बनाउने लक्ष्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*