धोबीखोला कोरिडोरमा ‘डोजर एक्सन’: लालपूर्जा दाबीबीच सात तले भवन भत्काइँदै

२० बैशाख २०८३, आईतवार १२:०९

काठमाडौं। धोबीखोला कोरिडोर क्षेत्रमा रहेको साततले भवन भत्काउन सुरु गरिएको छ। सरकारी जग्गा अतिक्रमण भएको निष्कर्षसहित सम्बन्धित निकायले आइतबार बिहानदेखि उक्त भवन भत्काउने काम अघि बढाएको हो।

स्थानीय प्रशासन र महानगरपालिकाको समन्वयमा सञ्चालन गरिएको कारबाहीका क्रममा ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ। सम्भावित अवरोध र सुरक्षालाई मध्यनजर गर्दै क्षेत्र वरिपरि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

उक्त भवनभित्र रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत विभिन्न व्यवसाय सञ्चालनमा रहेका थिए।

घरधनीले भने आफ्नो स्वामित्वमा रहेको जग्गाको लालपूर्जा रहेको दाबी गर्दै आएको बताएका छन्। लालपूर्जा हुँदाहुँदै पनि भवन भत्काइएकोप्रति उनले आपत्ति जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*