फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुको बदमासी

अनुसन्धान गर्दै बीमा प्राधिकरण
२० बैशाख २०८३, आईतवार १७:४३

काठमाडौं । राजधानीबाट तराई मधेस जोड्नका लागि निर्माण हुने दु्रतमार्गको फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुले बदमासी गरेको पाइएको छ। सो कारण बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ती कम्पनीहरुमाथि निगरानी अघि बढाएको हो ।

बीमा पोलिसी र ऐनभन्दा फरक तबरबाट बीमा गराइएको पाइएसँगै बीमा प्राधिकणले यस बिषयमा अनुसन्धान थालेको हो । एक दर्जनभन्दा बढी निर्जिवन बीमा कम्पनीहरुको मिलोमतोमा फास्ट ट्रयाकको बीमामा बदमासी गरेको जानकारी पाएसँगै फास्ट ट्रयाकले बीमा गरेको कम्पनीमाथि प्राधिकरणले निगरानीमा राखेको छ।

प्राधिकरणले यस बिषयमा ती कम्पनीहरुलाई सपष्टिकरण सोधिसकेको चित्त बुझदो जवाफ नआएको खण्डमा कारवाहीको प्रकृया अघि बढाउने उच्च स्रोतले बताएको छ। बीमा पोलिसी बाहिर गएर बीमितलाई दुख दिएको पाइएमा ऐन अनुसार कारवाही गर्न कम्पनी तयार गरेको प्राधिकरण रहेको स्रोतले जनाएको छ ।

फास्ट ट्रयाकको बीमा निकै ठूलो बीमा भएको कारण एक दर्जन निर्जिवन बीमा कम्पनीहरुमा बीमा गराइएको हो । फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुको एकै किसिमको बदमासी भएको कारण मिलेमतोमा भएको हुन सक्ने आशंका प्राधिकरणले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*