वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ बिक्री खुला

२१ बैशाख २०८३, सोमबार ०६:३१

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। जसको १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको हो। यसको मूल्य प्रति शेयर १०० रुपैयाँ कायम गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा वैशाख २४ गते बैंकिङ समयपछि बन्द हुनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई ‘डबल बी माइनस’ श्रेणीको रेटिङ प्रदान गरेको छ। यसले कम्पनीमा दायित्व भुक्तानीसम्बन्धी मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ गत पुस ८ गते प्रदान गरिएको हो र आगामी माघ ३ गतेसम्म बहाल रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*