अरनिको राजमार्ग बन्द, मध्यपहाडी लोकमार्ग र बेनी–जोमसोम सडकखण्ड एकतर्फी सुचारु

२१ बैशाख २०८३, सोमबार ०९:२८

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोको कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहको प्रहरीले जानकारी दिएको छ।

यता भोजपुर नगरपालिका–५ बोखिममा आएको बाढीका कारण अवरुद्ध बनेको मध्यमहाडी लोकमार्ग हाल एकतर्फी रूपमा सुचारु भएको छ। त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा खसेको पहिरोको कारण अवरुद्ध बनेको बेनी–जोमसोस सडकखण्ड पनि एकतर्फी सुचारु भएको छ।

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १० स्थित बिमिरेभन्ज्याङमा पहिरो खस्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग हालको लागि एकतर्फी रूपमा सवारी आवागमन गर्ने गरी खुला गरिएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*