मन्त्रिपरिषद् बैठक आज, मन्त्रालय गाभ्ने र संख्या घटाउने एजेन्डा प्राथमिकतामा
२१ बैशाख २०८३, सोमबार १०:३१

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा मन्त्रिपरिषद्को संरचना पुनःसंरचना गर्ने विषय प्राथमिकताका साथ छलफलमा राखिनेछ । विशेषगरी मन्त्रालयहरूको सङ्ख्या घटाउने, समान प्रकृतिका मन्त्रालयहरूलाई गाभ्ने तथा कार्यक्षमता बढाउने उद्देश्यले पुनर्संरचना गर्ने तयारी गरिएको बताइएको छ ।











