एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति
२१ बैशाख २०८३, सोमबार १०:५९

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्रदान गरेको छ । बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि केन्द्रिय बैंकले अनुमति दिएको हो ।
बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने राष्ट्र बैंकले बैशाख १७ गते पूर्व स्वीकृति प्रदान गरेको हो।
हकप्रद शेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ। नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ।











