बीमा ऐनको दुई वटा दफा संशोधन गर्ने बालेन सरकारको निर्णय, अध्यादेशमा के छ ?

काठमाडौं । सरकारले हिजो जारी गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐन २०७९ को दुई वटा दफा संशोधन गरेको छ । बीमा ऐनको दफा ९ मा रहेको सदस्यहरुका लागि तोकिएको चार बर्षको पदावधीको अवधी हटाएको छ ।
त्यस्तै, अर्को बुँदामा बीमा ऐन २०७९ को दफा १२ को उपदफाहरु १, २ र ३ मा रहेको सञ्चालक समितिको सदस्यलाई बर्खास्त गर्दा अपनाउनुपर्ने विधि र प्रक्रिया नै खारेज गरेर सरकारलाई तजबिजी अधिकार दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेनको सचिवालयले तयार गरेको ड्राफ्टमा बीमा ऐन संशोधनको बिषय परेको भएपनि कुन उद्देश्यका लागि बीमा ऐनको उक्त दफाहरु संशोधन भयो भनेर स्पष्ट हुन नसक्ने गरी संशोधन भएका हुन् । सरकारले बीमा प्राधिकरणको सञ्चालकको नियुक्ती र बर्खास्त गर्दा मनलागी हुने गरी, राजनीतिक हस्तक्षेप समेतलाई घुसाउन मिल्ने गरी ऐन संशोधन गरेको छ ।
चार बर्षको पदावी हटाउनुको औचित्य के ? अस्पष्ट छ । अर्कोतर्फ सञ्चालक समितिका सदस्यहरुलाई हटाउन स्पष्टिकरण समेत सोध्न नहुने कारण किन ? प्राकृतिक कानुनको सिद्धान्त विपरितका बुँदाहरु राखेर बालेन सरकारले बीमा ऐन संशोधन गरेको पाइएको छ ।











