ज्योति विकास बैंकलाई डबल बी रेटिङ, वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम

२१ बैशाख २०८३, सोमबार १२:०१

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडलाई डबल बि रेटिङ पाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई जारीकर्ता रेटिङमा इक्रा बीबी (इस) प्रदान गरेको हो ।

यो रेटिङ बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउने सूचकका रूपमा लिइएको छ । उक्त रेटिङ बैंकको दीर्घकालीन सञ्चालन अनुभव, सशक्त प्रवर्द्धक समूहको उपस्थिति तथा अनुभवी सञ्चालक समितिको व्यवस्थापकीय दक्षताका आधारमा प्रदान गरिएको हो । साथै, बैंकमा अनुभवी व्यवस्थापन टोलीको सक्रिय भूमिका रहेको पनि उल्लेख गरिएको छ ।

रेटिङ प्रतिवेदन अनुसार ज्योति विकास बैंकले लामो समयदेखि बैंकिङ क्षेत्रमा स्थिर उपस्थिति जनाउँदै आएको छ । बैंकको कर्जा तथा लगानी क्षेत्र विविधीकरणयुक्त रहेको र विभिन्न क्षेत्रहरूमा समान रूपमा वितरण गरिएको देखिएको छ ।

त्यसैगरी, बैंकको चालु तथा बचत खातामा आधारित निक्षेपको हिस्सा उच्च रहेको छ । हालको अवधिमा यस्तो अनुपात करिब ५४ प्रतिशत पुगेको छ भने गत आर्थिक वर्षको अन्त्यमा करिब ५२ प्रतिशत रहेको थियो ।

त्यस्तै, बैंकको देशव्यापी सञ्जाल पनि बलियो रहेको छ । हाल बैंकका ११८ शाखा रहेका छन्, जुन सातै प्रदेशमा फैलिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*