राष्ट्रपति फिर्ता पठाएको संवैधानिक परिषद् अध्यादेश पुनः पठाउने सरकारको निर्णय
२१ बैशाख २०८३, सोमबार १२:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः पठाउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
कानुनी परामर्शपछि पुनर्विचार राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएको उक्त अध्यादेश आज बसेको बैठकले पुनः पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।











