एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायन्स स्पिनिङ्ग मिल्समा झुम्मिए लगानीकर्ता
२१ बैशाख २०८३, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक ३१ करोड ३६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्सको १७ करोड ९९ लाख, नेशनल हाइड्रो पावरको १५ करोड ५४ लाख, आँखुखोला जलविद्युतको १५ करोड १८ लाख, एनआईशी एशिया बैंकको ११ करोड ८९ लाख र पाल्पा सिमेन्ट इन्डष्ट्रिजको १० करोड ८ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यसैगरी ङादी ग्रुप पावरको ९ करोड ८७ लाख, कुमारी बैंकको ९ करोड ५० लाख, सोलु हाइड्रोपावरको ८ करोड ८४ लाख र कर्पारेट डेभलपमेन्ट बैंकको ८ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।












