राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उच्च सुधार

२१ बैशाख २०८३, सोमबार १५:१५

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम समेत निरन्तर ओरालो लागि रहेको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज फरवार्ड माइक्रोफाइनान्स समूहको शेयर मूल्यमा सर्किट लागेको हो ।

साथै, झापा इनर्जीको ७.९९ प्रतिशत, सेन्चुरी डिबेन्चर २०८८ को २.९८ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड २ को २.७९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*