बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

२१ बैशाख २०८३, सोमबार १५:४७

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको तथा अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान अघि बढाएको जनाएको छ।

विभागको टोलीले काठमाडौंस्थित नक्साल र सुन्धारामा रहेका उनका कार्यालयका साथै हेटौँडास्थित घर र कार्यालयमा छापा मारेको हो।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार बानियाँको घर तथा निर्माण कम्पनीको कार्यालयबाट केही महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिइएको छ। ती कागजातहरू थप अध्ययन तथा अनुसन्धानका लागि लगिएको बताइएको छ। यद्यपि, ती कागजातको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*