खराब मौसमका कारण हवाई उडान प्रभावित, दोहाबाट आएको विमान आकाशमै फन्को मार्दै

२१ बैशाख २०८३, सोमबार १६:१८

काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित बनेका छन्।  काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहँदा भिजिबिलिटी कमजोर बनेपछि आन्तरिक उडानहरू प्रभावित भएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दृश्यता न्यून हुँदा अधिकांश आन्तरिक उडान हुन सकेका छैनन् भने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित बनेका छन्। खराब मौसमकै कारण विभिन्न देशबाट आएका विमानहरू आकाशमै होल्डिङमा राखिएको छ।

दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको विमान हाल आकाशमै फन्को लगाइरहेको छ। त्यसैगरी दिल्लीबाट आएको अर्को विमान पनि अवतरणका लागि अनुमति नपाउँदा आकाशमै होल्डिङमा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*