मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा, टिएमएस कसले चलाउँछ ? छानविन होला ?

काठमाडौं । अकूत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धिकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा आज छापा मारेको छ ।
मुख्यमन्त्री बाँनियाले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । बाँनियाको हेटौडास्थित कान्तिपथ अन्तर्गतको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस)मा, उनको घरमा, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।
उनको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको छ । मुख्यमन्त्री बन्ने भएपछि बानियाँले कन्ट्रक्सन कम्पनीको शेयर आफन्तको नाममा नामसारी गरिसकेका छन् । त्यस्तै, शेयर पनि थुप्रै आफन्तको नाममा नामसारी गरेको बुझिएको छ ।
उता, मुख्यमन्त्री बानियाँको सम्पत्ति छानविन भएपनि उनको नाममा टिएमएस कसले चलाउँदै आएको छ भन्ने एकिन भइसकेको छैन । बाँनियाले शेयर बजारमा अर्बौ रुपैयाँको कारोबार गर्दै आएका छन् । मुख्यमन्त्री बानियाँ आफैले शेयर किनबेच गर्ने टिएमएस सिष्टम भने अज्ञात व्यक्तिले चलाएर गैर कानुनी काम हुँदै आएको छ ।











