धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले दिए आवेदन

२१ बैशाख २०८३, सोमबार १७:४०

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिनसम्म उल्लेख्य संख्यामा आवेदन परेका छन्। अर्थमन्त्रालय स्रोतका अनुसार साँझ ५ बजेसम्म ४७ जनाभन्दा बढीले आवेदन दिएका छन्।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका छन्।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा इच्छुक उम्मेदवारहरूले आफ्नो विवरण बुझाउने क्रम अन्तिम दिनसम्म जारी रहेको जनाइएको छ। धितोपत्रसम्बन्धी ऐनअनुसार अध्यक्ष पदका लागि आवेदन दिने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ। साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको कार्यानुभव अनिवार्य गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*