धितोपत्र बोर्डको अध्यक्षको लागि क–कसले दिए आवेदन?

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्रदेखि पूर्व अध्ययन समितिका चिन्तामणि शिवाकोटीसम्मले आवेदन दिएका छन् ।
अध्यक्षको आवेदनको लागि आज अन्तिम दिनसम्म ४७ जना बढीको आवेदन परेको छ ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दाहाल छन् ।
अध्यक्ष पदका लागि केही समय अघि मात्रै राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र, चिन्तनामणि शिवाकोटी, पित्ताम्बर भण्डारी, सुवासचन्द्र घिमिरे, प्रलाद गिरी रपुरुषोत्तम राज चिमौरिया सहित ४७ जनाले आवेदन दिएका छन् ।
धितोपत्रसम्बन्धी ऐनको व्यवस्थाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ।
त्यस्तै, उम्मेदवार नेपाली नागरिक हुनुका साथै उच्च नैतिक आचरण भएको र सम्बन्धित क्षेत्रमा पेसागत अनुभव हासिल गरेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, वन्यजन्तु वा पुरातात्त्विक सम्पदासम्बन्धी कसुरमा दोषी ठहर भएका, कालोसूचीमा परेका र तोकिएको अवधि पूरा नभएका, विदेशी स्थायी आवास अनुमति लिएका तथा सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न व्यक्तिहरू भने प्रतिस्पर्धाबाट बाहिर रहनेछन्।











