इरानद्वारा दुबईका कैयौं स्थानमा आक्रमण, पाँच लाख नेपाली रहेको देश युद्धतर्फ

२२ बैशाख २०८३, मंगलवार ०७:४१

काठमाडौं । कुटनीतिक परिपक्वता देखाउन नसक्दा संयुक्त अरब इमिरेट्सले गम्भिर परिणाम भोग्ने स्थिति उत्पन्न भएको छ । अमेरिका र इरानबीचको युद्धको चपेटामा मध्यपूर्वको साना देश दुबई फस्न पुगेको छ ।

गएराति इरानले दुबईमाथि १५ वटा मिसाइल र चार वटा ड्रोन हमला गरेको छ । अमेरिकाको पक्षमा लागेर कुटनीतिक बिगार्दै अघि बढेको दुबई मध्यपूर्वमा इजरायलको पक्षमा उभिने एक मात्र राष्ट्र हो । अमेरिका र इरानबीचको द्वन्द बढ्दै जाँदा गएराति इरानले दुबईमाथि सैन्य कारवाही गरेको हो ।

दुबईस्थित अमेरिकी दुताबासले नाम नभएका जहाजहरुले आक्रमणको प्रयास गरेको जनाएको छ । इरानले दुबईको फुजैराहस्थित तेल प्रशोधन केन्द्र लगायतका स्थानमा आक्रमण गरेको छ । घट्नामा तीन जना घाइते भएको गल्फ न्यूजले जनाएको छ । सिएनएनका अनुसार इजरायली आईरन डोम डिफेन्स सिष्टमले एक वटा मिसाइल ध्वस्त पारेको उल्लेख छ ।

घटनाको थप विवरण बाहिर आइसकेको छैन । दुबईमाथि इरानले गरेको आक्रमणको फ्रान्सका राष्ट्रपति इम्मानुयल मार्कोनले निन्दा गरेको गल्फ न्यूजले जनाएको छ । त्यस्तै इयु प्रमुखले पनि इरानले दुबईमाथि गरेको सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरित भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

दुबईले गत साता मात्रै इजरायली सेना र इजरायलको आईरन डोम डिफेन्स सिष्टम अबुधावीमा स्थापना गरेको थियो । लेजर बिमको हतियार समेत राखेको थियो । युद्धकै बीचमा इजरायली सेनाभित्राउनु र इजरायलको आईरन डोम सिष्टम स्थापना गर्नु दुबईको लागि घातक सावित हुन पुगेको छ ।
दुबईमा करिब पाँच लाख नेपालीहरु कार्यरत रहेका छन् । मध्यपूर्वमा अब युद्ध फैलिएको अवस्थामा सबैभन्दा पहिला दुबईमाथि इरानी टार्गेट हुने हुँदा अन्यत्र देशको तुलनामा दुबईमा रहेका नेपालीहरु बढी जोखिममा परेको देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*