रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, ५ जना चालक पक्राउ

२२ बैशाख २०८३, मंगलवार ०८:५७

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ।

रोशी खोलामा आएको बाढीका कारण गएराति पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबसमा सवार ८९ जना यात्रु खोलाको बीचमै फसेका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोलीद्वारा फसेका यात्रुहरूको सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ।

साथै अवस्था जोमिखपूर्ण छ भन्ने जान्दाजान्दै र प्रहरीले रोक्दा रोक्दै लापरवाही गरी सवारी चलाएको आरोपमा ५ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। पाँचै जना चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*