विद्यार्थीले राजनीति गुरुबाट सिकून, नेताको भीडबाट होइनः प्रधानमन्त्री शाह

२२ बैशाख २०८३, मंगलवार ०९:२०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विद्यालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने आफ्नो स्पष्ट अडान राखेका छन्। विद्यालय र कर्मचारीतन्त्रबाट दलीय राजनीति हटाउन सरकारले गरेको प्रयासमा दलनिकट विद्यार्थी र कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएसँगै उनले आफ्नो अडान स्पष्ट पारेका हुन्।

‘वषौंदेखि धेरै विद्यार्थी संगठन र कर्मचारीको हितभन्दा बढी दलका स्पिलर सेल बने। योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डको मूल्य बढाइयो। यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।’ उनले लेखेका छन्।

रास्वपाले आफूले संगठन बनाउन नसकेर नभई आम जनताको चाहना बमोजिम शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा तलको झोला निषेध गरिएको बताएका छन्। यसले कसैको अधिकार खोस्ने नभई बरु पेशागत स्वतन्त्रता बलियो बनाउने र नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि क्षमता र दक्षता बन्नुपर्ने बताएका छन्।

‘हाम्रो प्रसाय यत्रि मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन। यो कुनै पार्टीविरुद्धको लडाईं होइन। यो प्रणाली बचाउने प्रयास हो। भविष्य बचाउने प्रयास हो।’ उनले लेखेका छन्।

देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउन र शिक्षालय अनि कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास स्वरूप आम जनताको चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाइएको बताएका छन्। यसमा सरकारलाई सबैको साथ र विश्वासको अपेक्षा समेत रहेको बताएका छन्। अन्त्यमा उनले सरकारले गर्ने हरेक काम आम नेपाली जनताकै हितमा हुने प्रतिबद्धता पनि जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*