फर्स्ट माइक्रोफाइनान्सको नाफा ६१ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?

२२ बैशाख २०८३, मंगलवार ०९:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा ६१ प्रतिशतले बढेको हो।

गत आवको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ६०.९९ प्रतिशतको वृद्धि सहित ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी खुद ब्याज आम्दानी पनि १५ करोड ७० लाख रुपैयाँबाट ७.३३ प्रतिशतले बढेर १६ करोड ८५ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १६ करोड १३ लाख रुपैयाँबाट ४.७७ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ नाघेको छ।

आम्दानीमा वृद्धि भएसँगै सञ्चालन मुनाफा पनि १० करोड १५ लाख रुपैयाँबाट करीब ६० प्रतिशतले बढेर १६ करोड २४ लाख रुपैयाँ पुगेको छ। योसँगै वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ४५ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर ११.२७ रुपैयाँ कायम हुँदा खराब कर्जा ४.७८ प्रतिशतबाट घटेर ४.३६ प्रतिशत कायम भएको छ। प्रतिशेयर नेटवर्थ १३१.५३ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*